काठमाडौं- हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशभर मनसुनी प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार बिहानैदेखि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको र अधिकांश भूभागमा वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ। विशेषगरी कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भएको भएको छ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो पनि देशभर बदली रहने र सातै प्रदेशका अधिकांश पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भूभागमा भारी वर्षाको सम्भावना छ।
शुक्रबार राति पनि आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। राति कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
शनिबारदेखि भने मौसममा केही सुधार आउने देखिएको छ।