शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

धानमा आत्मनिर्भरता सरकारको प्राथमिकतामा : कृषिमन्त्री अधिकारी

बिहीबार , भदौ १२ २०८२
धानमा आत्मनिर्भरता सरकारको प्राथमिकतामा : कृषिमन्त्री अधिकारी

कृषिमन्त्री रामनाथ अधिकारीले पछिल्ला वर्षहरुमा धान-चामल आयातमा ठूलो धनराशी खर्च हुने गरेको उल्लेख गर्दै उत्पादकत्व बढाउने र बढ्दो लागत घटाउनेतर्फ मन्त्रालयले काम गरिरहेको बताए।

काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले धानको उत्पादन बढाइ खाद्य सुरक्षा कायम गर्ने र आत्मनिर्भर बन्ने सरकारको प्राथमिकताको विषय रहेको बताएका छन्।

धानसम्बन्धी अध्ययन अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय संस्था इरीको एसिया निर्देशक डा.जोङ सूसँग आज मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल विगतमा धान चामलमा आत्मनिर्भर रहेपनि पछिल्ला वर्षहरुमा धान-चामल आयातमा ठूलो धनराशी खर्च हुने गरेको उल्लेख गर्दै उत्पादकत्व बढाउने र बढ्दो लागत घटाउनेतर्फ मन्त्रालयले काम गरिरहेको बताए।

सरकारले मल, बीउ, प्रविधि, यान्त्रिकीकरण, भण्डारण सुविधा, न्यूनतम समर्थन मूल्यको कार्यान्वयन, धान चामल उद्योगसँग सहकार्य गर्नेलगायतका सक्दो प्रयासहरु गरिरहेको पनि मन्त्री अधिकारीले उल्लेख गरे।

उनले पछिल्लो समय जलवायु परिवर्तनको कारण धान उत्पादनमा प्रत्यक्ष असर पर्न थालेका कारण बढी उत्पादन दिने जलवायु अनुकूलनका धानका जातहरुको विकासमा इरीले महत्वपूर्ण योगदान गरेकोमा इरीको प्रशंसा गरे।

भेटका क्रममा सूले इरीलाई नेपाल सरकारबाट प्राप्त भएको सहकार्यका लागि आभार व्यक्त गर्दै आगामी दिनमा इरीसँगको सहकार्यमा थप वृद्धि हुने अपेक्षा व्यक्त गरे।


प्रकाशित : बिहीबार , भदौ १२ २०८२१५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend