शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

निर्माण अवधिभन्दा नौ महिनाअगावै बन्यो तार्दीखोलामा पुल

बिहीबार , भदौ १२ २०८२
निर्माण अवधिभन्दा नौ महिनाअगावै बन्यो तार्दीखोलामा पुल

आगामी चैत महिनासम्म निर्माण अवधि रहेको यस पुल नौ महिनाअगावै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ।

लमजुङ- यहाँको दोर्दी गाउँपालिका-१ र राईनास नगरपालिका-९ जोड्ने तार्दीखोलामा पक्की पुल निर्माण भएको छ।

आगामी चैत महिनासम्म निर्माण अवधि रहेको यस पुल नौ महिनाअगावै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ। कार्यालयका प्रमुख नरेशराज जोशीले भने, 'सम्झौताअनुसार समयअगावै सम्पन्न हुने योजना कमै छन्, सोमध्ये एक पुल हो यो।'

ओससिस आङबुहाङ जेभीले निर्माणको ठेक्का लिएको सो पुल पाँच करोड १२ लाख २८ हजार ४४८ रूपैयाँ १६ पैसाको स्टिमेट गरे पनि ठेकेदारले तीन करोड १९ लाख ९९ हजार ८३४ रूपैयाँ ५० पैसामा निर्माण गरेको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , भदौ १२ २०८२१३:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend