शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

भरतपुर अस्पतालले बीमाबापतको एक अर्ब पाउन बाँकी

बिहीबार , भदौ १२ २०८२
भरतपुर अस्पतालले बीमाबापतको एक अर्ब पाउन बाँकी

गत आर्थिक वर्षको साउनदेखि हालसम्मको भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमै समस्या हुन थालेको छ।

चितवन- भरतपुर अस्पतालले स्वास्थ्य बीमाबापत प्राप्त गर्नुपर्ने रकम एक अर्ब रूपैयाँ नाघेको छ। गत आर्थिक वर्षको साउनदेखि हालसम्मको भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमै समस्या हुन थालेको हो।

संघीय सरकार मातहतको यस अस्पतालमा स्वास्थ्य बीमा गरेका बिरामी उपचार गराउन आउनेको सङ्ख्या उल्लेख्य हुने गर्दछ।

अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इञ्चार्ज लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षको ९० करोड रूपैयाँ भुक्तानी हुन बाँकी थियो। यस आर्थिक वर्षको साउनको मात्रै रु १० करोड दाबी भुक्तानी हुन बाँकी छ ।

गत आर्थिक वर्षमा चार लाख ४१ हजार ३०८ वटा फाइल दाबीका लागि पेस गरिएको छ। अस्पतालमा आउने ७० प्रतिशत बिरामी बीमाका हुने गर्दछन्। गत आर्थिक वर्षमा अस्पतालले अघिल्लो आर्थिक वर्षको रु ५५ करोड ५१ लाख ४४ हजार प्राप्त गरेको थियो। 

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले बीमामार्फत् पाउनु पर्ने रकम निकासा नहुँदा कर्मचारीलाई तलब दिन कठिन भएको बताए। उनले भने, 'साउनको तलब बल्ल खुवाइयो, भदौको तलब खुवाउन सक्ने अवस्था छैन।'

अस्पतालका नियमित कामसमेत प्रभावित भएको भन्दै उनले बन्दै गरेको ट्रमा सेन्टर बजेटकै अभावमा रोकिएको बताए। रासस


प्रकाशित : बिहीबार , भदौ १२ २०८२१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend