शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

फोर्स गुर्खाको बुकिङ खुला

शुक्रबार, फागुन १३ २०७८
फोर्स गुर्खाको बुकिङ खुला

विशेषत: अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा मर्सिडिज बेन्जको २.६ लिटर इन्जिन, गेयरवक्स र एक्सल जडान गरिएको छ।

काठमाडौं- सर्वाधिक मानिसहरुको चासो र पर्खाइमा रहेको फोर्स गुर्खाको बुकिङ खुला भएको छ। भारतीय बजारमा रुचाइएको फोर्स गुर्खा लामो पर्खाइ पछि नेपाली बजारमा उपलब्ध भएको हो। 

फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्र्तगत आयाम इन्टरकन्टिनेन्टल प्रालीले फोर्स गुर्खा आयात तथा विक्री गर्दछ। विशेषत: अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा मर्सिडिज बेन्जको २.६ लिटर इन्जिन, गेयरवक्स र एक्सल जडान गरिएको छ।   

फोर्स गुर्खामा पावरफुल फोर ह्विल ड्राइभ, म्यानुवल डिफ्रेन्सियल लक (अगाडी र पछाडी दुबै एक्सलमा), ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकोले जस्तो सुकै वाटोमा पनि उपयुक्त रहेको छ। साथै वल्की डिजाइन र वोल्ड लुक्स भएको फोर्स गुर्खामा आकर्षक एलईडी हेडल्यम्प विथ डीआरएल, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ, एडभान्स इन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाइलट सिट, कोयल स्पिङ सस्पेन्शन जस्ता आकर्षक विशेषता रहेका छन्।

फोर्स गुर्खामा स्नोरकल भएकोले ७०० एमएम पानी भएको ठाउँमा पनि सहज रुपमा चलाउन सकिन्छ। यस जिपमा सुरक्षालाई मध्यनजर गर्दै एयर व्याग, एवीएस ईडीबी व्रेक र रिभर्स पार्किङ सेन्सर जस्ता विशेषतासमेत छन्। थ्री डोर डिजाइन र ४ सिट क्षमता भएको यस जिपमा सहज इन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस र ग्याङवे रहेको छ। यस जिपमा ठूलो सिंगल विइन्डो रहेकोले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ। 

यस जिपको सुरुवाती मूल्य ७८ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ। साथै यो मूल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जनाएको छ।


प्रकाशित : शुक्रबार, फागुन १३ २०७८०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend