शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

८ करोड लागतमा दमकमा सडक आयोजना कार्यालय भवन निर्माण

बिहीबार , भदौ १२ २०८२
८ करोड लागतमा दमकमा सडक आयोजना कार्यालय भवन निर्माण

योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार आयोजना सम्पन्न भएपछि सो भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण हुनेछ।

काठमाडौं- झापाको दमकमा ८ करोड ७ लाख रूपैयाँ लागतमा सडक आयोजना कार्यालय भवन निर्माण भएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दहालले बिहीबार कार्यालय भवनको उद्घाटन गरेका छन्। मन्त्री दहालले काँकडभिट्टा-लौकही सडक योजना (पूर्वी खण्ड), दमक, झापाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन्।

त्यसक्रममा मन्त्री दहालले निर्धारित समयभित्र नै सडक विस्तारको काम सक्न निर्देशन दिए।

योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार आयोजना सम्पन्न भएपछि सो भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण हुनेछ।

प्रकाशित : बिहीबार , भदौ १२ २०८२१२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend