शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बाँदरबाट आजित भोजपुरका किसान व्यावसायिक ड्रागनखेतीमा

बिहीबार , भदौ १२ २०८२
बाँदरबाट आजित भोजपुरका किसान व्यावसायिक ड्रागनखेतीमा

आफ्नै जमिनमा व्यावसायिक खेती गर्न सके वैदेशिक रोजगारीमा कमाइने रकम यहीँ कमाउन सकिने उनीहरुको धारणा छ।

भोजपुर- सिँचाइ अभाव र बाँदरका कारण बाली लगाउन समस्या भएपछि जिल्लाका किसान ड्रागनखेतीतर्फ आकर्षित भएका छन्।

टेम्केमैयुङ गाउँपालिका-८ गोगने सल्लेनीमा ४२ रोपनीमा गरिएको ड्रागन फुड खेतीबाट किसान शम्भु नेपालले मनग्य आम्दानी भइरहेको बताएका छन्।

वर्षौँदेखि बाझिएको जमिनमा दानाबोट फलफूल तथा कृषि फार्म दर्ता गरी कृषि कर्म सुरु गरेका किसान नेपालले वार्षिक १२ देखि १४ लाखसम्म आम्दानी हुने गरेको बताए। बिरुवा रोपेको दुई वर्षमा प्रतिफल पाइन्छ। बजार व्यवस्थापन भने सहज नभएको उनको गुनासो छ।

बाँदरले बाली भित्र्याउन नदिएपछि खेतीयोग्य जमिन बाँझिदै गएको किसान हरि गौतमले बताए। 'त्यसैले बाँदरले नखाने ड्रागनफ्रुट, कागती, टिम्मुर र मेकाडियानट जस्ता फलफूल तथा नगदेबालीतर्फ जिल्लामा आकर्षण बढ्दै गएको छ,' उनले भने।

आफ्नै जमिनमा व्यावसायिक खेती गर्न सके वैदेशिक रोजगारीमा कमाइने रकम यहीँ कमाउन सकिने उनको धारणा छ। बाँझो जमिन सदुपयोग गर्न स्थानीय, प्रदेश र संघीय सरकारले विशेष कार्यक्रम लागु गर्नुपर्नेमा किसान गौतमको जोड छ। रासस


प्रकाशित : बिहीबार , भदौ १२ २०८२११:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend