शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

मनसुनी गतिविधि बढ्यो, तराई-पहाडका कतिपय स्थानमा भारी वर्षाको सम्भावना

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ १२ २०८२
मनसुनी गतिविधि बढ्यो, तराई-पहाडका कतिपय स्थानमा भारी वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले हाल देशभर मनसुनी गतिविधि बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहानैदेखि देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ।

काठमाडौं- मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले हाल देशभर मनसुनी गतिविधि बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहानैदेखि देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ।

पछिल्लो एक घण्टामा चितवनको काली खोलामा २५ मिलिमिटर, बर्दियाको स्यानो श्री चेपाङमा २०.६ मिलिमिटर, बाराको सिमरामा १४.४ मिलिमिटर र काभ्रेपलाञ्चोकको नालमा १०.२ मिलिमिटर वर्षा मापन भएको छ। अन्य स्थानहरूमा पनि हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

बिहीबार दिउँसो बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्यत्र आंशिक बदली रहनेछ। यी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनीको तराई र सुदूरपश्चिम-कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

राति देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग साथै लुम्बिनी र कोशी प्रदेशका तराईका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ।


प्रकाशित : बिहीबार , भदौ १२ २०८२०७:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend