शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

गुन्सा फार्ममा करेन्ट सर्ट भएर आगलागी, ५० बाख्रा मरे

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ११ २०८२
गुन्सा फार्ममा करेन्ट सर्ट भएर आगलागी, ५० बाख्रा मरे
फाइल तस्बिर

फार्ममा रहेका जम्मा ८५ वटा बाख्रामध्ये २९ वटा सकुशल रहेका छन् भने ६ वटा घाइते भएका छन्।

सिन्धुपाल्चोक- चौतारा साँगाचोकगढी नगरपालिका-१ गुन्सास्थित एक पशुपक्षी फार्ममा करेन्ट सर्ट भइ आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलका अनुसार विमला श्रेष्ठको नाममा दर्ता विधान विधि कृषि पशुपन्छी फार्ममा बिहान आगलागी भएको हो।

घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो। फार्ममा रहेका जम्मा ८५ वटा बाख्रामध्ये २९ वटा सकुशल रहेका छन् भने ६ वटा घाइते भएका छन्।

आगो निभाउने क्रममा सोही स्थानका ४४ वर्षीय चुडामणि श्रेष्ठ घाइते भएका छन्। उनको चौतारा अस्पतालमा उपचार भइरहेको छ। रासस


प्रकाशित : बुधबार, भदौ ११ २०८२१२:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend