शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सुनको विलासी करमा संशोधन : उपभोक्ताका लागि कायम, व्यावसायिक कारोबारमा छुट

बुधबार, भदौ ११ २०८२
सुनको विलासी करमा संशोधन : उपभोक्ताका लागि कायम, व्यावसायिक कारोबारमा छुट

सरकारले स्वदेशमा उत्पादन हुने बाइकको अन्त:शुल्कमा ३५ प्रतिशत छुट दिने निर्णय गरेको छ। सलाइका काँटीको आयातमा भन्सार महसुल बढाइएको छ।

काठमाडौं- सुन तथा सुनका गरगहनामा लाग्ने विलासी करमा सरकारले थप व्याख्या गरेको छ। आर्थिक ऐनबाट सबै गहनाको कारोबारमा दुई प्रतिशत विलासी कर लाग्ने व्यवस्था गरिएकोमा त्यसमा केही व्याख्या गरेको छ। 

मन्त्रिपरिषदले निर्णय गरेर उपभोक्ताका लागि विलासी करको दर कायमै हुनेगरी अरु दुई प्रकारका कारोबारमा भने विलासी कर नलाग्ने व्यवस्था गरिएको छ। यो संशोधनसँगै अबदेखि व्यापारिक तहमा हुने कारोबार र उपभोक्ताले व्यवसायीलाई बिक्री गर्दा भने यस्तो कर लाग्ने छैन। 

यसअघि १० लाखमाथिको कारोबारमामात्र कर लाग्दै आएकोमा चालु वर्षदेखि सबै कारोबारमा लाग्ने बनाइएको छ। यो व्यवस्था भने कायमै रहेको छ तर यो व्यवसायीबाट उपभोक्ताले खरिद गर्दामात्र लाग्नेछ। 

त्यस्तै सरकारले स्वदेशमा उत्पादन हुने बाइकको अन्त:शुल्कमा ३५ प्रतिशत छुट दिने निर्णय गरेको छ। सलाइका काँटीको आयातमा भन्सार महसुल बढाइएको छ। 


प्रकाशित : बुधबार, भदौ ११ २०८२११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend