शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

कालेखोलामा सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ११ २०८२
कालेखोलामा सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

मर्मतसम्भारको काम पूरा गर्न केही समय लाग्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न सम्बद्ध सबैलाई अनुरोध गरिएको छ।

जुम्ला- सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत-जुम्ला खण्ड अवरुद्ध भएको छ। कालिकोटको कालेखोलामा सडक भासिएपछि यो राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।

गएराति सडक भासिएको जानकारी प्राप्त भएपछि मर्मतसम्भारका लागि उपकरणसहित आवश्यक जनशक्ति परिचालन गरिएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए। 

मर्मतसम्भारको काम पूरा गर्न केही समय लाग्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न सम्बद्ध सबैलाई अनुरोध गरिएको छ। रासस


प्रकाशित : बुधबार, भदौ ११ २०८२११:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend