शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

खोप किन्न विश्व बैंकसँग २ अर्ब १४ करोड ऋण लिइने

images
शुक्रबार, फागुन १३ २०७८
images
खोप किन्न विश्व बैंकसँग २ अर्ब १४ करोड ऋण लिइने

उक्त ऋण कोभिड-१९ विरुद्धको खोप खरिदका लागि उपयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ। 

images
images

काठमाडौं- नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड रूपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ। 

images
images
images

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले सम्झौतामा हस्ताक्षर गरे।

images
images

उक्त ऋण कोभिड-१९ विरुद्धको खोप खरिदका लागि उपयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ। 

images
images

'कोभिड-१९ महामारीले सिर्जना गरेको निरन्तर बदलिँदो परिस्थितिमा समेत नेपालले प्रभावकारीरूपमा प्रतिकार्य जारी राखेको छ', हस्ताक्षर समारोहमा अर्थसचिव मरासिनीले भने। उनले नेपालले १२ वर्षभन्दामाथिका व्यक्तिलाई कोभिड-१९ विरुद्धको सुरुवाती साथै ‘बुस्टर’ मात्रासमेत प्रदान गर्ने कार्यमा उल्लेखनीय उपलब्धि हासिल गरेको जानकारी दिए।

राष्ट्रिय निर्देशक जर्भोसले विश्व बैंकबाट प्राप्त हुने ऋण सहायताबाट नेपालको ठूलो जनसङ्ख्यालाई खोप व्यवस्था गर्न पुग्ने विश्वास व्यक्त गरे। उनले कोरोना भाइरसको विभिन्न स्वरुपले अर्थतन्त्र तथा सामान्य जीवनयापनमा समस्या सिर्जना गरिरहेकाबेला यस्ता वित्तीय सहायता महत्वपूर्ण हुने बताए। रासस


प्रकाशित : शुक्रबार, फागुन १३ २०७८०७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend