शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १० २०८२
इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

सुसनले इजरायल पठाइदिन्छु भन्दै एक पीडितबाट १२ लाख र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै अर्का एक पीडितबाट ६ लाख लिइ सम्पर्कविहीन भएका थिए।

काठमाडौं- वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका-१ का २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका-१५ का ५० वर्षीय योगेन्द्र घले रहेका छन्। 

पक्राउ परेकामध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै एक पीडितबाट १२ लाख र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै अर्का एक पीडितबाट ६ लाख लिइ सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा टेकुबाट खटिएको प्रहरी टोलीले सुसनलाई काठमाडौं महानगरपालिका-९ बाट आइतबार र योगेन्द्रलाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार पक्राउ गरेको हो। 

दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। 


प्रकाशित : मंगलबार, भदौ १० २०८२१३:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend