शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

बैंक परिवर्तन हुँदा सामाजिक सुरक्षाभत्ता बुझ्न सास्ती

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १० २०८२
बैंक परिवर्तन हुँदा सामाजिक सुरक्षाभत्ता बुझ्न सास्ती

राज्यले उपलब्ध गराउँदै आएको सेवा उपभोग गर्न सास्ती भोग्नुपरेको रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ७८ वर्षीय लाभग्राही ज्ञानबहादुर राईले दुःखेसो सुनाए।

खोटाङ- बैंक परिवर्तन हुँदा यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामाजिक सुरक्षाभत्ता लिने लाभग्राही समस्यामा परेका छन्। विशेषगरी जेष्ठ नागरिकले समस्या भएको गुनासो गरेका छन्। 

साल्पा विकास बैंकले यसअघि वितरण गर्दै आएको दशवटा वडामध्ये पाँचवटा लाभग्राहीका लागि बैंक परिवर्तन भएपछि उनीहरु समस्यामा परेका हुन्। १५ वटा वडा रहेको यस नगरपालिकामा सालपा विकास बैंकले यस आवदेखि ५, ६, ७, ८, १० र ११ वडामा भत्ता वितरण नगर्ने भएको हो।

वडा नं ८ दोर्पाबुवालुङमा नबिल बैंक र वडा नं ११ खार्मीमा एनआइसी एसिया बैंकले सामाजिक सुरक्षाभत्ता वितरण गर्ने सहमति गरे पनि सम्झौता गर्न नआएको नगरपालिकाले जनाएको छ। गत साउन १ गते नगरपालिका र बैंकबीच सहमति भएको थियो। तर बैंकहरू कार्यान्वयनका लागि नआएपछि भदौ ८ गते लिखित रूपमा बैंकलाई पत्राचार गरिएको प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए।

राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता वितरण गर्ने बैंक टुंगो नलागेपछि लाभग्राहीहरू खाता खोल्न भनेर दिक्तेल आए पनि फर्कन बाध्य भएका छन्। भत्ता वितरण गर्ने बैंक टुंगो लागेका वडाका लाभग्राहीका लागि पनि नयाँ खाता खोल्न बैंकले अनिवार्य राष्ट्रिय परिचयपत्र लागु गरेपछि झनै समस्यामा परेका छन्।

राज्यले उपलब्ध गराउँदै आएको सेवा उपभोग गर्न सास्ती भोग्नुपरेको रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका ७८ वर्षीय लाभग्राही ज्ञानबहादुर राईले दुःखेसो सुनाए। 

अपाङ्गता भएका व्यक्ति, ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र १६ वर्षमुनिका बालबालिकाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छैन। तर सामाजिक सुरक्षाभत्ता तथा बैंकिङ कारोबारका लागि जिल्लामा सञ्चालित सबै बैंकले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि लाभग्राही समस्यामा परेका हुन्। रासस


प्रकाशित : मंगलबार, भदौ १० २०८२१२:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend