शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

मंगलबार, भदौ १० २०८२
आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४० रुपैयाँ ४४ पैसा तोकिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४० रुपैयाँ ४४ पैसा तोकिएको छ।

युरोपेली युरो एकको खरिददर १६३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६४ रुपैयाँ २४ पैसा कायम भएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ। स्विस फ्र्याङ्क एकको खरिददर १७४ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०४ पैसा तोकिएको छ।

त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २२ पैसा, क्यानाडियन डलर एकको खरिददर १०१ रुपैयाँ १४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा तोकिएको छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९ रुपैयाँ ६२ पैसा रहेको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४३ पैसा तथा कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५३ पैसा कायम भएको छ।

त्यस्तै थाई भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३८ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ। दक्षिण कोरियन वन सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १२ पैसा तोकिएको छ। स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४ रुपैयाँ ७५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २२ रुपैयाँ कायम भएको छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९० पैसा र बिक्रीदर १७ रुपैयाँ ९८ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ८३ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ४९ पैसा, ओमानी रियाल एकको खरिददर ३६३ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ।

भारतीय रुपैयाँ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ १० २०८२०७:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend