शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

‘उज्यालो दरशथचन्द’ कार्यक्रमका लागि १० लाख बजेट विनियोजन, सदरमुकामका बजारहरूमा ७२ वटा बल्ब जडान

सोमबार, भदौ ९ २०८२
‘उज्यालो दरशथचन्द’ कार्यक्रमका लागि १० लाख बजेट विनियोजन, सदरमुकामका बजारहरूमा ७२ वटा बल्ब जडान

विद्युत लाइन रहेको ठाउँमा राष्ट्रिय प्रसारणलाइन र नपुगेका सार्वजनिक स्थानमा सौर्य बत्ती जडान गरिने नगर प्रमुख पुष्करराज जोशीले बताए।

बैतडी- जिल्ला सदरमुकाममा रहेको दशरथचन्द नगरपालिकामा ‘उज्यालो दरशथचन्द’ कार्यक्रम सञ्चालन गरिएको छ।  

सदरमुकाममा रहेका मुख्य बजारहरू गोठलापानी, गढी र शाहीलेकमा बल्ब जडान गरेर कार्यक्रमको शुभारम्भ गरिएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले जानकारी दिए।

नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको प्राविधिक र नगरपालिकाको आर्थिक सहयोगमा सदरमुकामका बजारहरूमा ७२ वटा बल्ब जडान गरिएको छ। नगर प्रमुख पुष्करराज जोशी लख्खाभाइले विद्युत् प्राधिकरणमा राखिएको ‘स्वीच अन’ गरी कार्यक्रमको शुभारम्भ गरे।

दशरथचन्द नगरपालिकाको नीति कार्यक्रमअनुसार यो कार्यक्रम सुरु गरिएको जनाएको छ। नगरक्षेत्रका सार्वजनिक स्थान र मन्दिरमा बत्ती बाल्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। ‘उज्यालो दशरथचन्द’ कार्यक्रमका लागि गत आर्थिक वर्ष २०८१/८२ मा नौ लाख ९९ हजार ७३५ रूपैयाँ बजेट राखिएको थियो। गत असारमा जडान गरिएका बल्बहरू जडान गरिएका थिए।

यो कार्यक्रमका लागि चालु आवमा १० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ। चालु आवमा नगरपालिका देहीमाण्डौँ, मुस्याचौर, झुलाघाटलगायतका बजार र सार्वजनिक स्थानमा बत्ती बाल्ने योजना रहेको नगर प्रमुख जोशीले बताए।

उज्यालो दशरथचन्द कार्यक्रमले नगरपालिकाभित्रका सबै सार्वजनिक स्थानलाई समेट्ने बताइएको छ। विद्युत लाइन रहेको ठाउँमा राष्ट्रिय प्रसारणलाइन र नपुगेका सार्वजनिक स्थानमा सौर्य बत्ती जडान गरिने नगर प्रमुख जोशीले बताए।

‘उज्यालो दशरथचन्द’ अभियानले बजार तथा सार्वजनिक स्थानको सुन्दरता एवं सुरक्षामा पनि सहयोग पुग्ने नगरपालिकाले जनाएको छ। रासस


प्रकाशित : सोमबार, भदौ ९ २०८२११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend