शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

शिक्षाका लागि बाहिरियो १ खर्ब ३८ अर्ब

सोमबार, भदौ ९ २०८२
शिक्षाका लागि बाहिरियो १ खर्ब ३८ अर्ब

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रूपैयाँ विदेशिएको छ।

काठमाडौं- देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भएपनि ठूलो मात्रामा धनराशी विदेशिने गरेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै एक खर्ब ३८ अर्ब ४८ करोड रूपैयाँ विदेशिएको छ। अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि एक खर्ब २५ अर्ब १३ करोड रूपैयाँ रकम विदेशिएको थियो।

केन्द्रीय बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय १८.१ प्रतिशतले वृद्धि भइ दुई खर्ब २३ अर्ब ७२ करोड रूपैयाँ पुगेको छ। अघिल्लो वर्ष भ्रमण व्यय एक खर्ब ८९ अर्ब ४३ करोड रूपैयाँ रहेको थियो।

आव २०८१/८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोड रूपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्ष खुद सेवा आय ५५ अर्ब ८६ करोड रूपैयाँले घाटामा थियो।

सेवा खाताअन्तर्गत समीक्षा वर्षमा भ्रमण आयत ७.७ प्रतिशतलृ वृद्धि भइ ८८ अर्ब ६६ रूपैयाँ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ८२ अर्ब ३३ करोड रूपैयाँ थियो। रासस


प्रकाशित : सोमबार, भदौ ९ २०८२११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend