शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

देशभर बदलीसहित वर्षा, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

सोमबार, भदौ ९ २०८२
देशभर बदलीसहित वर्षा, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशभर बदलीसहित वर्षाको सम्भावना रहेको छ। बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव समेत देखिएको महाशाखाले जनाएको छ।

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशभर बदलीसहित वर्षाको सम्भावना रहेको छ। बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव समेत देखिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार दिनभर देशभर साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा समेत वर्षा हुन सक्ने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षा पर्न सक्ने चेतावनी महाशाखाले दिएको छ।

यसैगरी लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा हावाहुरी चल्ने सम्भावना पनि रहेको विभागको भनाइ छ। सोमबार राति पनि देशभर बदली रहने अनुमान गरिएको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा पर्न सक्ने र बाँकी पहाडी तथा तराई भू–भागका थोरै स्थानमा समेत वर्षा हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको बताइएको छ।

पछिल्लो २४ घण्टामा देशभर हल्कादेखि मध्यम वर्षा भएको विभागले जनाएको छ। उक्त अवधिमा लम्जुङको बेसीसहरमा ९०.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। त्यस्तै, खुदी बजारमा ८८, फलेनीमा ६७.४, भुजुङमा ५०.२, सिन्धुपाल्चोकको चन्दर्कुमा ६७, काठमाडौंको बूढानीलकण्ठमा ४७.६ र कास्कीको चोम्रोङमा ४८.८ मिलिमिटर वर्षा मापन गरिएको छ।  रासस


प्रकाशित : सोमबार, भदौ ९ २०८२०७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend