शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

एक वर्षमै सञ्चितिमा थपियो ४ अर्ब डलर, १९ अर्ब ५० करोड डलर पुग्यो

आइतबार, भदौ ८ २०८२
एक वर्षमै सञ्चितिमा थपियो ४ अर्ब डलर, १९ अर्ब ५० करोड डलर पुग्यो

यो विदेशी मुद्राको सञ्चितिले १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने क्षमता रहेको छ। गत वर्षको आयातको अनुपातमा आयात हुँदा १८ महिनाको सेवा आयात धान्नसक्ने छ।

काठमाडौं- मुलुकको विदेशी मुद्रा सञ्चितिमा १९ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ। आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म १९ अर्ब ५० करोड पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ।

एक वर्षमै ४ अर्ब २३ करोड डलर सञ्चितिमा थपिएको छ। एकै वर्षमा यति धेरै सञ्चिति थपिएको रेकर्ड हो।

यो विदेशी मुद्राको सञ्चितिले १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने क्षमता रहेको छ। गत वर्षको आयातको अनुपातमा आयात हुँदा १८ महिनाको सेवा आयात धान्नसक्ने छ।

मुलुकको शोधनान्तर अवस्था पनि ५ खर्ब ९४ अर्ब रुपैयाँले बचतमा रहेको छ। गत वर्ष ५ खर्ब २ अर्बको बचत थियो। त्यस्तै पछिल्लो लामो समयदेखि नकारात्मक देखिएको चालु खातामा पनि व्यापक सुधार देखिएको छ। चालु खाता ४ ख्ब ९ अर्बले बचतमा रहेको छ। अघिल्लो वर्ष २ खर्ब २१ अर्बले बचतामा थियो।

बाह्य अवस्थामा सुधार देखिनुको मुख्य कारण रेमिट्यान्समा उत्साहजनक वृद्धि हो। गत वर्ष रेमिट्यान्स  डलरमा १६.५ प्रतिशत र नेपाली रुपैयाँमा १९.२ प्रतिशतले बढेको छ। गत वर्ष रमेट्यान्स १७ खर्ब २७ अर्ब भित्रिएको छ।

प्रकाशित : आइतबार, भदौ ८ २०८२१४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend