शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

परम्परागत सामग्री भावी पुस्ताका लागि संरक्षण गर्न टक्सार बजारमा संग्रहालय

आइतबार, भदौ ८ २०८२
परम्परागत सामग्री भावी पुस्ताका लागि संरक्षण गर्न टक्सार बजारमा संग्रहालय

संग्रहालयमा हलो, काठका विभिन्न सामग्री, लालटिन, माटाका भाँडा, क्यासेट राखिएको छ।

टक्सार- भोजपुरको टक्सार बजारमा संग्रहालय स्थापना गरिएको छ। भोजपुर नगरपालिका-१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना र परम्परागत सामग्री संरक्षण गर्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको हो।

नवोदय नामक संस्थाले ‘भोजपुर संग्रहालय’ स्थापना गरी सर्वसाधारणका लागि खुला गरेको हो। परम्परागत सामग्री भावी पुस्ताका लागि संरक्षण गर्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको संस्थाका अध्यक्ष किशोरकुमार ताम्रकारले बताए।

उनले भने, 'टक्सारमा पहिला एक र दुई पैसाका टक पनि काटिने गरिथ्यो, त्यो पैसा समेत संग्रहालयमा देख्न सकिन्छ, यसको व्यवस्थापन र सञ्चालनका लागि आगामी दिनमा दीर्घकालीन योजनाका साथ अघि बढ्नेछौँ।'

संग्रहालयमा हलो, काठका विभिन्न सामग्री, लालटिन, माटाका भाँडा, क्यासेट राखिएको छ। संस्थाका सचिव यदु सुवालले स्थानीय स्तरमा प्रयोग भएका पुराना सामग्री सङ्ग्रह गरी संग्रहालय स्थापना गरिएको बताए।

कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सिर्जना राईले टक्सार एतिहास ठाउँ भएको उल्लेख गर्दै संग्रहालयले यहाँको संस्कार र संस्कृति जोगाउन सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गरे। विसं १८७२ मा राजा गीर्वाणयुद्ध शाहको पालामा स्थापना भएको ऐतिहासिक टक्सार बजारको संरक्षण गर्न पनि संग्रहालय स्थापना गरिएको समाजसेवी चन्द्रकुमार उदासले बताए। रासस


प्रकाशित : आइतबार, भदौ ८ २०८२१३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend