शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

राष्ट्रियसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक पारित

शुक्रबार, भदौ ६ २०८२
राष्ट्रियसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक पारित

गृहमन्त्री रमेश लेखकले भने, 'हामीले ऐतिहासिक फड्को मारेका छौँ। कानूनको अभावका कारण आमाको नामबाट नागरिकता दिनसक्ने अवस्था थिएन। अब आमाको नामबाट वंशजको नागरिकता प्राप्त गर्न सकिनेछ।'

काठमाडौं- राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सर्वसम्मतिले पारित गरेको छ।

राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रस्तुत गरेको उक्त विधेयकलाई सभाले पारित गरेको हो। उक्त विधेयक राष्ट्रियसभाले पुनः सन्देशसहित प्रतिनिधिसभामा पठाउनेछ।

विसं २०८१ माघ १५ गते गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा नागरिकता (दोस्रो संशोधन) विधेयक दर्ता गराएका थिए। उक्त विधेयक २०८२ साल असार १४ गते प्रतिनिसिधाबाट पारित भएको थियो।

त्यसअघि विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आमाको नामबाट पनि नागरिकता पाउनसक्ने व्यावहारिक व्यवस्थालाई सुनिश्चित गरेको उल्लेख गरे।

गृहमन्त्री लेखकले भने, 'हामीले ऐतिहासिक फड्को मारेका छौँ, यसको जस दुवै सदन र सांसद र सरोकारवालालाई जान्छ। सबैको साझा प्रयत्नले यो सम्भव भएको छ। विधेयकले आमा पनि वंश हो भनेर व्यावहारिकरूपमा सुनिश्चित गरेको छ। कानूनको अभावका कारण आमाको नामबाट नागरिकता दिनसक्ने अवस्था थिएन। अब आमाको नामबाट वंशजको नागरिकता प्राप्त गर्न सकिनेछ।'

नेपालको संविधानको व्यवस्थाअनुरूप कुनै पनि नागरिकलाई नागरिकता प्राप्त गर्नबाट वञ्चित नगर्ने भन्ने भावनाका साथ विधेयक ल्याइएको उनले उल्लेख गरे। उgले विधेयकलाई थप उन्नत, वैज्ञानिक र व्याहारिक र सरलीकृत गरेर पारित गरेकामा सभालाई धन्यवाद दिए।

विधेयकमाथिको छलफलमा सांसदहरू कृष्णबहादुर रोकाया, रेनु चन्द, गोपाल भट्टराई, पूजा चौधरी, मायाप्रसाद शर्मा, पदबबहादुर परियार, बिष्णुबहादुर विश्वकर्मा र सुरेश आलेमगर सहभागी भएका थिए।

संवैधानिक व्यवस्थाअनुसार आम नेपाली नागरिकलाई नागकिरता प्राप्तिबाट वञ्चित नहोस् भन्ने उद्देश्यले विधेयक ल्याइएको हो। नयाँ व्यवस्थाअनुसार आमा वा बाबुको नाम राखेर सन्तानले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्नेछन्। रासस


प्रकाशित : शुक्रबार, भदौ ६ २०८२१८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend