शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

सूचना प्रविधिसहित दुई विधेयक दफावार छलफलका लागि प्रतिनिधिसभाबाट समितिमा पठाइयो

शुक्रबार, भदौ ६ २०८२
सूचना प्रविधिसहित दुई विधेयक दफावार छलफलका लागि प्रतिनिधिसभाबाट समितिमा पठाइयो

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १३ गते शुक्रबार दिउँसो १ बजे बस्ने छ।

काठमाडौं- प्रतिनिधिसभाबाट ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो प्रस्ताव प्रस्तुत गरेका थिए।

त्यसैगरी, ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए।

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १३ गते शुक्रबार दिउँसो १ बजे बस्ने छ। रासस


प्रकाशित : शुक्रबार, भदौ ६ २०८२१८:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend