शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

'वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२' प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

ठूला भौतिक पूर्वाधार विकासको नयाँ ढोका : अर्थमन्त्री पौडेल

शुक्रबार, भदौ ६ २०८२
'वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२' प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित

वैकल्पिक स्रोत जुटाएर धेरै प्रतिफल दिने ठूला पूर्वाधारका आयोजनामा लगानी गर्ने विधेयकको मुख्य उद्देश्य छ।

काठमाडौं- 'वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२' संघीय संसदको प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ। प्रतिनिधिसभाको आजको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो।

संसदमा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयकले नेपालमा ठूला भौतिक पूर्वाधारको विकासका लागि नयाँ ढोका खोल्ने बताए।

अर्थमन्त्री पौडेलले विधेयकले नेपालको विकासको आवश्यकतालाई सम्बोधन गर्ने भन्दै विधेयक छिटो पारित गरेर संसदले छोटो समयमा पनि महत्वपूर्ण काम गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको बताए।

विधेयकमाथिको छलफलमा भाग लिदै प्रतिपक्षी दलका सांसदहरुले समेत नविन अवधारणा भन्दै विधेयकको प्रशंसा गर्दै  सरकारलाई धन्यवाद दिएका थिए। 
संसदको अर्थ समितिमा छलफल सम्पन्न भएपछि विधेयकलाई प्रतिनिधिमा सभामा पेश गरिएको थियो।

वैकल्पिक स्रोत जुटाएर धेरै प्रतिफल दिने ठूला पूर्वाधारका आयोजनामा लगानी गर्ने विधेयकको मुख्य उद्देश्य छ।


प्रकाशित : शुक्रबार, भदौ ६ २०८२१६:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend