शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

एकै महिनामा हेटौँडा उपमहानगरले उठायो तीन करोड ५० लाख राजस्व

शुक्रबार, भदौ ६ २०८२
एकै महिनामा हेटौँडा उपमहानगरले उठायो तीन करोड ५० लाख राजस्व

गत आवको सोही अवधिको तुलनामा एक करोड रूपैयाँले कम राजस्व संकलन भएको छ।

बागमती- हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा तीन करोड ५० लाख रूपैयाँ राजस्व संकलन गरेको छ।

उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोजकुमार सुवेदीका अनुसार पूर्वाधार सेवाको उपयोगबापत एक करोड ३३ लाख ८८ हजार रूपैयाँ, सम्पत्ति कर ४५ लाख ९९ हजार रूपैयाँ, घरबहाल कर ६५ लाख २० हजार रूपैयाँ उठाएको छ।

यस्तै, बहाल बिटोरी करतर्फ १६ लाख ४५ हजार रूपैयाँ, व्यवसाय कर ४१ लाख १७ हजार रूपैयाँ र प्रशासनिक दण्ड जरिवाना र जफतबापत दुई लाख ३१ हजार रूपैयाँ संकलन भएको हो। यो गत आवको सोही अवधिको तुलनामा एक करोड रूपैयाँले कम हो।

आव २०८१/८२ मा सम्पत्ति कर एक करोड ४४ लाख, ८५ हजार रूपैयाँ, पूर्वाधार सेवाको उपयोगबापत एक करोड १८ लाख ७५ हजार, घरबहाल कर ५० लाख ६५ हजार, सिफारिस दस्तुर ३३ लाख ४० हजार, बहाल बिटोरी कर १८ लाख ७८ हजार, व्यवसाय कर ४१ लाख २१ हजार र प्रशासनिक दण्ड जरिवाना र जफतबापत पाँच लाख ९६ हजार रूपैयाँ राजस्व संकलन भएको थियो। रासस


प्रकाशित : शुक्रबार, भदौ ६ २०८२११:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend