शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

मेची भन्सारको राजस्व बढ्यो, चालु आवको पहिलो महिनामा १ अर्ब २६ करोड संकलन

शुक्रबार, भदौ ६ २०८२
मेची भन्सारको राजस्व बढ्यो, चालु आवको पहिलो महिनामा १ अर्ब २६ करोड संकलन

काँकरभिट्टा नाकाबाट पेट्रोलियम पदार्थ, यातायातका साधन र तिनका पार्टपुर्जा, खनिज उत्पादन, जुत्ताचप्पल, सौन्दर्य प्रशाधनलगायत आयात हुने गरेको छ।

झापा- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा एक अर्ब २६ करोड ५० लाख ७९ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा सात दशमलव ७४ प्रतिशतले बढी हो। 

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको साउनमा एक अर्ब १७ करोड ४० लाख ९१ हजार रूपैयाँ राजस्व संकलन भएको थियो।

'मेची भन्सारबाट गत आवको साउनको तुलनामा चालु आवको सोही महिनामा आयात चार दशमलव ९० प्रतिशत र निर्यात १४ दशमलव ६८ प्रतिशतले घटेको छ। आयात निर्यातमा कमी आए पनि राजस्व रकम भने आयातबाट ६ दशमलव ८७ प्रतिशत र निर्यातमा ८० दशमलव १४ प्रतिशतले बढेको छ', उनले भने। 

काँकरभिट्टा नाकाबाट पेट्रोलियम पदार्थ, यातायातका साधन र तिनका पार्टपुर्जा, खनिज उत्पादन, जुत्ताचप्पल, सौन्दर्य प्रशाधनलगायत आयात हुने गरेको छ। यहाँबाट चिया, अलैँची,अम्रिसो, अदुवालगायत उत्पादन निर्यात हुने गरेको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ ६ २०८२११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend