काठमाडौं- भन्सार विभागअन्तर्गतको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले हवाई यात्रुको साथबाट जफत गरेको मदिरा लिलामी बिक्री प्रक्रिया थालेको छ।
कानूनले तोकेभन्दा बढी मदिरा ल्याउने यात्रुहरुबाट जफत गरेको १७ सय २७ बोतल मदिरा लिलामी प्रक्रिया थालिएको हो।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले न्यूनतम ४१ लाख ३८ हजार ३ सय ५० रुपैयाँ मूल्य राखेर लिलामीका लागि सूचना जारी गरेको छ। जसमा महँगा मदिरासमेत रहेका छन्।
कार्यलयले लिलामीका लागि जारी गरेको सूचनामा भोट्का, विदेशी वाइन, ब्ल्याक लेबल, चिवास, सिंगल मार्ट, रेड लेबल र भ्याट सिक्स्टी नाइन भोट्कासमेत रहेका छन्।