शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

हदबन्दीभन्दा बढी जग्गा प्रयोगमा डीपीआर र ईआईए अनिवार्य

बिहीबार , भदौ ५ २०८२
हदबन्दीभन्दा बढी जग्गा प्रयोगमा डीपीआर र ईआईए अनिवार्य
फाइल तस्बिर

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने बनेको विधेयकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले उक्त व्यवस्था गर्दै प्रतिनिधिसभामा पठाउने निर्णय गरेको हो।

काठमाडौं- कुनैपनि उद्योग तथा संघसंस्थाले हदबन्दीभन्दा बढी जग्गा राख्न जग्गा उपभोगसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र सम्बन्धित निकायबाट स्वीकृत भएको वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन (ईआईए) अनिवार्य पेस गर्नुपर्ने भएको छ।

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने बनेको विधेयकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले उक्त व्यवस्था गर्दै प्रतिनिधिसभामा पठाउने निर्णय गरेको हो।

विधेयकमा कुनै सार्वजनिक संस्था, उद्योग, कम्पनी, प्रतिष्ठान, शैक्षिक संस्था वा संघसंस्थाले आयोजना वा परियोजना सञ्चालन गर्दा कानूनबमोजिम डीपीआर र वातावरणीय अध्ययन प्रतिवेदन पेस गर्नुपर्ने रहेको छ।

साथै ऐनबमोजिम हदबन्दीभन्दा बढी जग्गा राख्न अनुमति प्राप्त गर्नुअगाडि त्यस्तो जग्गा उपभोगसम्बन्धी डीपीआर र स्वीकृत भएको वातावरणीय अध्ययन प्रतिवेदन अनिवार्यरुपमा पेस गर्नुपर्ने विषय विधेयकमा समावेश गरिएको छ।

प्रकाशित : बिहीबार , भदौ ५ २०८२१७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend