शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

भारतीय सेनाले नेपाली सेनालाई दियो कोभिडविरुद्धको एक लाख खोप उपहार

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १२ २०७८
भारतीय सेनाले नेपाली सेनालाई दियो कोभिडविरुद्धको एक लाख खोप उपहार

काठमाडौं- भारतीय सेनाले नेपाली सेनालाई कोभिड-१९ विरुद्धको  एक लाख मात्रा खोप उपहारस्वरुप प्रदान गरेको छ।

नेपाली सेनाको प्रधान कार्यालयमा बिहीबार आयोजित एक संक्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणले नेपाली सेनाका रथी वालकृष्ण कार्कीलाई उक्त परिमाणको खोप हस्तान्तरण गरे।

भारत सरकारले खोपमैत्री योजनाअन्तर्गत नेपाली सेनालाई उक्त खोप उपहारस्वरुप प्रदान गरेको हो।


प्रकाशित : बिहीबार , फागुन १२ २०७८११:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend