शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

एक वर्षमा विपद्का घटनाबाट १४ करोडभन्दा बढीको क्षति

बिहीबार , भदौ ५ २०८२
एक वर्षमा विपद्का घटनाबाट १४ करोडभन्दा बढीको क्षति

चट्याङका ११ घटनामा दुई महिला, एक पुरुषको मृत्यु, दुई घाइते र एक घर क्षति भइ तीन लाख ३५ हजार रूपैयाँबराबरको क्षति भएको उल्लेख छ।

विराटनगर- विपद्सम्बन्धी घटनाबाट एक वर्षमा मोरङमा कुल १४ करोड ९२ लाख २९ हजार ५ सय रूपैयाँबराबरको क्षति भएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा ४१२ वटा विपद्का घटना घटेका थिए। त्यसमध्ये सबैभन्दा बढी आगलागीका २६१ घटनामा १४ करोड ६५ लाख ४७ हजार ५ सय रूपैयाँ बराबरको क्षति भएको छ।

चट्याङका ११ घटनामा दुई महिला, एक पुरुषको मृत्यु, दुई घाइते र एक घर क्षति भइ तीन लाख ३५ हजार रूपैयाँबराबरको क्षति भएको उल्लेख छ।

त्यसैगरी, डुबानका चार घटनामा ६५ हजार रूपैयाँ, हावाहुरीका सात घटनामा एक घर पूर्णरुपमा र २२ घरमा आंशिक क्षति हुन गइ ६ लाख ८५ हजार रूपैयाँ तथा जंगली जनावरका आक्रमणका ३४ घटनामा दुई महिला र दुईजना पुरुषको मृत्यु एवं १५ लाख ९७ हजार रूपैयाँ मूल्यबराबरको भौतिक क्षति भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ।

सो अवधिमा बाढीका १० घटनामा १८७ घरमा क्षति, पहिरो एक, सर्पदंशका ४३ घटनामा चार महिला र चार पुरुषको मृत्यु, भिरबाट लडेर एक जनाको मृत्यु र करेन्टका ४० घटनामा सात महिला र आठ पुरुषको मृत्यु भएको जनाइएको छ। कुल ३६ वटा चौपायाको मृत्यु भएको उल्लेख छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपद्का घटना थाहा पाउनेबित्तिकै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी स्थानीयको सहयोग लिने गरको बताए। रासस


प्रकाशित : बिहीबार , भदौ ५ २०८२१२:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend