शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

नेपाल पर्वतारोहण संघको निर्वाचनमा कुलबहादुर गुरुङ र फुर गेल्जे शेर्पाबीच प्रतिस्पर्धा

बिहीबार , भदौ ५ २०८२
नेपाल पर्वतारोहण संघको निर्वाचनमा कुलबहादुर गुरुङ र फुर गेल्जे शेर्पाबीच प्रतिस्पर्धा

अध्यक्ष पदका लागि एमाले-कांग्रेस गठबन्धनबाट पर्यटन व्यवसायी कुलबहादुर गुरुङ र माओवादी-एमाले समूहबाट फुर गेल्जे शेर्पा उम्मेदवार बनेका छन्।

काठमाडौं- नेपाल पर्वतारोहण संघ (एनएमए) को केन्द्रीय कार्यसमिति निर्वाचन नजिकिँदै गर्दा चुनावी सरगर्मी बढेको छ।

निर्वाचन समितिले भदौ ७ गतेका लागि मतदान कार्यक्रम तय गरेसँगै उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन्। संघको नेतृत्वका लागि यसपटक दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ।

एकातर्फ नेकपा (एमाले) र नेपाली कांग्रेससम्बद्ध व्यवसायीहरूको गठबन्धन रहेको छ भने अर्कोतर्फ नेकपा (माओवादी केन्द्र) र एमालेकै अर्को समूह मिलेर बनेको गठबन्धनले प्रतिस्पर्धा गर्ने तयारी गरेको छ।

अध्यक्ष पदका लागि एमाले-कांग्रेस गठबन्धनबाट पर्यटन व्यवसायी कुलबहादुर गुरुङ र माओवादी-एमाले समूहबाट फुर गेल्जे शेर्पा उम्मेदवार बनेका छन्।

कुलबहादुर गुरुङ नेतृत्वको प्यानल (एमाले–कांग्रेस गठबन्धन)

अध्यक्षका उम्मेदवार गुरुङको प्यानलमा वरिष्ठ उपाध्यक्षमा टीकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विमलकुमार नहर्की, सचिवमा डीमा डिकी शेर्पा र कोषाध्यक्षमा सुनी लामा रहेका छन्।

सदस्यतर्फ पुष्कर शाह, बलबहादुर सुयाल, हरिगोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, गीता राई, सुदास लामा, लालबहादुर जिरेल, नर्बु छिरिङ शेर्पा लामा र पासाङ शेर्पा प्रतिस्पर्धामा छन्।

फुर गेल्जे शेर्पा नेतृत्वको प्यानल (माओवादी–एमाले समूह)

फुर गेल्जे शेर्पाको नेतृत्वमा बनेको प्यानलमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्रबहादुर लामा, सचिवमा चन्दन थापा र कोषाध्यक्षमा ङिमा नुर्ब शेर्पा छन्।

सदस्यतर्फ डोल्मा लामा, निशा भोटे, केदार न्यौपाने, देण्डी शेर्पा, गोकुल थापा, विक्रम कार्की, थुप्देन शेर्पा, मुलाल गुरुङ, माधवकुमार धमाल, रिन्जे शेर्पा र देवेन्द्र डंगोल उम्मेदवार बनेका छन्।

निर्वाचन तालिकाअनुसार अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र १७ सदस्य पदका लागि मतदान भदौ ७ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ। संघमा आबद्ध पर्वतारोही र पर्यटन मजदुरतर्फका चार सदस्य पदका लागि भने भदौ ८ गते छुट्टै मतदान गरिनेछ।


प्रकाशित : बिहीबार , भदौ ५ २०८२१२:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend