शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

बिहीबार , भदौ ५ २०८२
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार ३ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

काठमाडौं- स्थानीय बजारमा बुधबारको तुलनामा आज बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। बुधबार एक तोला सुन १ लाख ९३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो

यस्तै आज चाँदी प्रतितोला २ हजार २ सय ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार चाँदी प्रतितोला २ हजार २ सय ५५ रुपैयाँमा किनबेच भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार ३ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 


प्रकाशित : बिहीबार , भदौ ५ २०८२१०:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend