शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सरकारविरुद्ध छलछाम गरेको भन्दै अर्थमन्त्री बर्खास्त गर्न माग

बिहीबार , फागुन १२ २०७८
सरकारविरुद्ध छलछाम गरेको भन्दै अर्थमन्त्री बर्खास्त गर्न माग

काठमाडौं- सरकारमै रहेर प्रधानमन्त्रीविरुद्ध उभिएको भन्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले तत्काल अर्थमन्त्री जनार्दन शर्मालाई पदबाट बर्खास्त गर्न माग गरेका छन्। शिवाकोटीले अर्थमन्त्री जनार्दन शर्मा छलछामी भएको आरोपसमेत लगाएका छन्। 

अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन गर्ने कुरा पेचिलो बनीरहेका बेला अर्थमन्त्री शर्मा पर्वतको कुश्मामा सपरिवार घुम्न निस्किएका छन्।

एमसीसी सम्झौतामा नेपाल सरकारप्रति उत्तरदायी स्वायत्त विकास समिति एमसीए नेपालको तालुक मन्त्रालय अर्थ मन्त्रालय नै हो। नेपाल सरकारले जसरी पनि पारित गराउन चाहेको यही प्रस्तावका बारेमा प्रस्ताव पेस गर्ने मात्र होइन यसको व्याख्या र सरकारको तर्फबाट पैरवी गर्नुपर्ने मन्त्रालय र मन्त्रीको जिम्मेवारीमा पनि माओवादी नेता शर्मा छन्। 

यसअघि फागुन ८ गतेको बैठकमा पनि एमसीसी संसदमा पेस गर्ने कार्यसूची थियो। त्यसमा पनि अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने भन्ने थियो। तर बैठक सुरु हुनुअघि एकाएक बिरामी भएको भन्दै उनी अनुपस्थित रहे। शर्मा अनुपस्थित भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौता संसदमा टेबल गरेका थिए। बिरामी भएका भनिएका शर्मा भने सोही दिन बेलुका अर्थ मन्त्रालयमै थिए।

फागुन ८ गते बिरामीको बहाना गरेका शर्मा आजको बैठक छल्नका लागि भने पर्वत घुम्न गएका हुन्। आजको बैठक छल्न हिजो बेलुका नै पर्वत पुगेका शर्माको आज बिहान रेष्टुरेन्टमा खाजा खाइरहेको भिडियो भाइरल भइरहेको छ। 

सत्ता गठबन्धनमा संलग्न नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौतालाई अनुमोदन गर्ने प्रस्तावबारे तत्काल सैद्धान्तिक छलफल नगर्न आग्रह गरेको छ। उता दुवै पार्टीका कार्यकर्ताहरू भने बानेश्वर सडकमा ढुंगामुडा गरिरहेका छन्। 

यो पनि - अनुत्तरदायी अर्थमन्त्री : संसद छल्न कहिले बिरामीको बहाना, कहिले घुमफिरमा मस्त

एमसीसीमा माओवादी र एकीकृत समाजवादी : सदनको छलफल टार्दै, सडकमा ढुंगा हान्दै


प्रकाशित : बिहीबार , फागुन १२ २०७८०९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend