शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

साइबर सुरक्षाको अध्ययन प्रतिवेदन बुझायो कार्यदलले 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १२ २०७८
images
साइबर सुरक्षाको अध्ययन प्रतिवेदन बुझायो कार्यदलले 

इन्टरनेटमा आधारित गतिविधि बढीरहेको र त्यसले असुरक्षा बढाइरहेको सन्दर्भमा सुरक्षित कारोबार र गतिविधिको वातावरण बनाउनका लागि कार्योजना पनि सिफारिस गरिएको छ। 

images
images

काठमाडौं- साइबर सुरक्षाका बारेमा अध्ययन गर्न गृह मन्त्रालयले गठन गरेको कार्यदलले आफ्नो प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको छ। 

images
images
images

पुस ९ गते सचिवस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव भीष्मकुमार भूसालको संयोजकत्वमा गठन भएको उक्त कार्यदलले अध्ययन प्रतिवेदन बुझाएको हो। साइबर सुरक्षाको वर्तमान अवस्था, अब गर्नुपर्ने कामको विवरणसहित कार्यदलले प्रतिवेदन बुझाएको छ। 

images
images

इन्टरनेटमा आधारित गतिविधि बढीरहेको र त्यसले असुरक्षा बढाइरहेको सन्दर्भमा सुरक्षित कारोबार र गतिविधिको वातावरण बनाउनका लागि कार्योजना पनि सिफारिस गरिएको छ। 

images
images

कार्यदलको सदस्यमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय कुमार राय; साइबर ब्युरो, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक नबीन्द अर्याल, गृह मन्त्रालयको वरिष्ठ कम्प्यूटर ईञ्जिनीयर सुष्मा श्रेष्ठ; सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव इन्द्र प्रसाद मैनाली, सूचना प्रविधि विभागका निर्देशक शिवजीकुमार गुप्ता रौनियार, राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक सफल श्रेष्ठ, नेपाली  सेनाका प्रा. प्रमुख सेनानी सन्ध्या पाण्डे,  सूचना प्रविधि निर्देशनालय, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक दिपक राज अवस्थी, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरीक्षक ई. सौरभ राज वन्त र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत शंकर आचार्य रहेका थिए। 


प्रकाशित : बिहीबार , फागुन १२ २०७८०८:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend