शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ : पर्यटनमन्त्री पाण्डे

बुधबार, भदौ ४ २०८२
लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ : पर्यटनमन्त्री पाण्डे

सरकारको नियमन गर्ने काममा सहयोगी हुन, श्रम शोषण नगर्न र उपभोक्ताबाट अत्यधिक नाफा असुल नगर्न मन्त्री पाण्डेले आग्रह गरे।

काठमाडौं- पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताएका छन्।

कलंकी होटल एण्ड गेष्ट हाउस एसोसिएसनको १३औँ वार्षिक साधारणसभामा उनले भने, 'सरकारले होटेल आदि चलाएर साध्य हुँदैन त्यसैले निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्न सरकार तयार छ।'

सरकारको नियमन गर्ने काममा सहयोगी हुन, श्रम शोषण नगर्न र उपभोक्ताबाट अत्यधिक नाफा असुल नगर्न मन्त्री पाण्डेले आग्रह गरे।

एकपटक आएको मान्छे पटकपटक आउने गरी राम्रो व्यवहार गर्ने र भौतिक व्यवस्थापनतर्फ सँगसँगै लैजान मन्त्री पाण्डेले व्यवसायीलाई आग्रह गरे। 'थकाली खाना लोकप्रिय हुनुको कारण त्यहाँ गरिने राम्रो व्यवहार हो', उनले भने।

मन्त्री पाण्डेले कलंकी-कोटेश्वर-स्वयम्भू आसपासका होटेल र गेष्ट हाउसका पेसागत हितका लागि २०६६ सालमा स्थापित एसोसिएसनमा हाल एकसय पाँच होटल तथा गेष्ट हाउस सदस्य रहेका छन्।

संस्थाले आगामी दिनमा होटेल व्यवसायीका लागि आचारसंहिता जारी गर्न, कलंकी क्षेत्रमा सरसफाइ गर्ने र अन्य सामाजिक कार्य गर्ने योजना रहेको जनाएको छ। रासस


प्रकाशित : बुधबार, भदौ ४ २०८२१३:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend