शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

बुधबार, भदौ ४ २०८२
कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कार्यालयले जिल्लामा ठेक्का र उपभोक्ता समितिमार्फत कुलो निर्माण गरेको डिभिजन प्रमुख महादेव विष्टले जानकारी दिए।

कञ्चनपुर- जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा तीन हजार नौसय मिटर सिचाँइ कुलो निर्माण गरेको छ।

कार्यालयले जिल्लामा ठेक्का र उपभोक्ता समितिमार्फत कुलो निर्माण गरेको डिभिजन प्रमुख महादेव विष्टले जानकारी दिए।

उनका अनुसार ठेक्कामार्फत शुक्लाफाँटा नगरपालिका-८ र बेदकोट नगरपालिका-७ र ८ मा दुई हजार आठ सय ७५ मिटर कुलो निर्माण गरेको हो। साथै उपभोक्ता समितिमार्फत एक हजार २७ मिटर कुलो निर्माण गरिएको छ।

'गत आवमा सम्पन्न कुलोबाट ७५ हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध भएको छ, २८७ मिटरमा मुहान संरक्षण र तीनवटा पोखरी निर्माण गरिएको छ', प्रमुख विष्टले भने। उनले तटबन्धमार्फत आठ हेक्टर जग्गा संरक्षण गरिएको समेत उल्लेख गरे।

उनले एक हजार १२४ मिटर ठेक्का र चार हजार ८६८ मिटर तटबन्ध उपभोक्ता समितिमार्फत निर्माण गरिएको बताए। 'यहाँको चौधर र पथरीया नदी नियन्त्रणका लागि तटबन्ध निर्माण  गरेका छौँ, गत आवमा कार्यालयले सिँचाइ संरचना र तटबन्ध निर्माणमा ९५ प्रतिशत भौतिक प्रगति गरेको छ', उनले भने।

उनका अनुसार तटबन्ध तथा बाँध निर्माणमा १२ करोड १४ लाख ८२ हजार रूपैयाँ खर्च भएको छ। साथै सिँचाइ संरचना निर्माणमा दुई करोड ६३ लाख २० हजार रूपैयाँ खर्च भएको छ। रासस


प्रकाशित : बुधबार, भदौ ४ २०८२११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend