शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

१ करोड ४८ लाख रूपैयाँ लागतमा निर्मित पुवाखोला पुल सञ्चालनमा

बुधबार, भदौ ४ २०८२
१ करोड ४८ लाख रूपैयाँ लागतमा निर्मित पुवाखोला पुल सञ्चालनमा

भारतको सहयोगमा सो पुल निर्माण भएको हो। यो पुल सञ्चालनमा आएसँगै पहाड र तराईको दुरीसमेत छोटिएको छ।

काठमाडौं- इलाम नगरपालिका वडा नं. ९ र ११ जोड्ने पुवा खोलामा निर्मित बेलिब्रिज औपचारिकरुपमा सञ्चालनमा आएको छ। बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन पुल उद्घाटन गरेका हुन्।

भारतको सहयोगमा सो पुल निर्माण भएको हो। उक्त पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दालाई झापासम्मको आवतजावतमा सहज हुने भएको छ। यो पुल सञ्चालनमा आएसँगै पहाड र तराईको दुरीसमेत छोटो भएको छ।

उक्त पुल ४८.८ मिटरको रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए। १ करोड ४८ लाख रूपैयाँको लागतमा सागर-शुभारम्भ-एरिसा जेभीले सो पुल निर्माण गरेको हो।

पुल निर्माणले यातायात सञ्चालनमा सहज हुनका साथै स्थानीय कृषि उपजहरुको बजारीकरण भइ स्थानीयको आर्थिकस्तर सुधारमा पनि सघाउ पुग्ने विश्वास गरिएको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए।

मन्त्री दाहाल र राजदूत श्रीवास्तवले आज नै पाँचथरको हेवा खोलामा जडान गरिएको मोडुलर ब्रिजको समेत उद्घाटन गर्ने कार्यतालिका रहेको छ।


प्रकाशित : बुधबार, भदौ ४ २०८२१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend