काठमाडौं- चिनियाँ ब्रान्ड एक्सपेङको नयाँ मोडल एक्स-९ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि एक्सपेङ गाडीको आधिकारिक बिक्रेता सीजी मोटर्सले उक्त मोडललाई नाडा अटो शो २०२५ मा सार्वजनिक गरेको हो।
कम्पनीले एक्स-९ को मूल्य २ करोड २० लाख रुपैयाँ निर्धारण गरेको छ। ८४.५ किलोवाट-आवर क्षमताको एलएफपी ब्याट्रीयुक्त यो मोडलले एकपटक चार्जमा ५०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने दाबी गरिएको छ।
यो एमपीभीमा २३५ किलोवाट क्षमताको फ्रन्ट ह्वील ड्राइभ मोटर जडान गरिएको छ। यसको लम्बाइ ५२९३ एमएम, चौडाइ १९८८ एमएम र उचाइ १७८५ एमएम रहेको कम्पनीले जनाएको छ।
क्याबिनभित्र रियर प्यासेन्जरका लागि सिलिङ माउण्टेड २१.४ इन्चको फोल्ड-डाउन थ्रीके डिस्प्ले, प्यानारोमिक सनरुफ तथा फ्रन्ट सिटब्याक माउण्टेड कन्ट्रोल प्यानल जस्ता फिचर दिइएका छन्।
सस्पेन्सन प्रणालीमा अगाडि डबल विसबोन र रियरमा मल्टिलिक इन्डिपेन्डेन्ड सस्पेन्सन प्रयोग गरिएको छ भने दुवैमा ड्युल चेम्बर एयर स्प्रिङ सिस्टम जडान गरिएको छ।