शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

गण्डकी प्राविधिक प्रतिष्ठानलाई एक अर्ब २५ करोड अनुदान सहयोग

बुधबार, भदौ ४ २०८२
गण्डकी प्राविधिक प्रतिष्ठानलाई एक अर्ब २५ करोड अनुदान सहयोग

सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका लागि रु एक अर्ब २५ करोड अनुदान सहयोग गर्ने भएको छ।

काठमाडौं- सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार विकासका लागि रु एक अर्ब २५ करोड अनुदान सहयोग गर्ने भएको छ।

गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानअन्तर्गतको सो शिक्षालयलाई उपलब्ध गराइने अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज औपचारिक हस्ताक्षर हुने कार्यक्रम तय भएको अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाले जानकारी दिएको छ।

उक्त अनुदान सहयोगमार्फत शिक्षालयमा अत्याधुनिक प्रयोगशाला, कार्यशाला, शैक्षिक उपकरण र भवन निर्माण गरिनेछ। यसले व्यावसायिक सीपमूलक तालिम तथा प्राविधिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने विश्वास लिइएको छ।

नेपाल र दक्षिण कोरियाबीच श्रम, शिक्षा र प्राविधिक सहयोगलगायतका क्षेत्रमा सहकार्य हुँदै आएकोमा यस अनुदान परियोजनाले दुई देशबीचको साझेदारीलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : बुधबार, भदौ ४ २०८२०६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend