शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

मनसुन क्रमशः कमजोर हुँदै

बुधबार, भदौ ४ २०८२
मनसुन क्रमशः कमजोर हुँदै

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन क्रमशः कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन क्रमशः कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने निरन्तर जारी छ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भागमा साधारणतया बदली तथा अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

यस्तै, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रहनेछ भने अन्य भागमा आंशिक बदली हुने अनुमान छ। मधेस, कोशी, वाग्मती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा र कोशी तथा गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्न सक्ने चेतावनी दिएको छ। ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सबैलाई अनुरोध गरिएको छ। रासस


प्रकाशित : बुधबार, भदौ ४ २०८२०६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend