आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

सडकमाथिबाट खसेको पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

मंगलबार, भदौ ३ २०८२
सडकमाथिबाट खसेको पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

मालिकार्जुन गाउँपालिका-३ रनेबास क्षेत्रमा आज बिहान परेको भीषण वर्षाले पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।

दार्चुला- सडकमाथिबाट खसेको पहिरोले महाकाली लोकमार्गअन्तर्गत खलंगा-गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ।

मालिकार्जुन गाउँपालिका-३ रनेबास क्षेत्रमा आज बिहान परेको भीषण वर्षाले पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।

राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्णरूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए। अवरुद्ध सडक खुलाउन खलंगाबाट उपकरण मगाइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए। रासस

प्रकाशित : मंगलबार, भदौ ३ २०८२१३:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend