आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

वीरगञ्ज भन्सारद्वारा एक महिनामा १८ अर्ब ३९ करोड राजस्व संकलन

मंगलबार, भदौ ३ २०८२
वीरगञ्ज भन्सारद्वारा एक महिनामा १८ अर्ब ३९ करोड राजस्व संकलन

कार्यालयका अनुसार चालु आवको साउन महिनाको मासिक लक्ष्यको ८७ दशमलव ६८ प्रतिशत राजस्व संकलन भएको छ।

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा १८ अर्ब ३९ करोड ६७ लाख रूपैयाँ राजस्व संकलन गरेको छ।

वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय एउटै कार्यालयमा गाभिएपछि सो राजस्व संकलन भएको हो।

गत साउन १ गतेदेखि दुवै कार्यालयले एउटैमा गाभिएर सेवा प्रवाह गर्दै आइरहेका छन्। कार्यालयका अनुसार चालु आवको साउन महिनाको मासिक लक्ष्यको ८७ दशमलव ६८ प्रतिशत राजस्व संकलन भएको छ।

भन्सार विभागले कार्यालयलाई साउन महिनामा २० अर्ब ९८ करोड २१ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो।

कार्यालयले गत आवको साउन महिनामा भने १५ अर्ब ९२ करोड रूपैयाँ राजस्व संकलन गरेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिए।

विभागले कार्यालयका लागि वार्षिक दुई खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ। रासस


प्रकाशित : मंगलबार, भदौ ३ २०८२१२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend