आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

हेटौँडा-काठमाडौं सडक पूर्णरूपमा सञ्चालनमा

मंगलबार, भदौ ३ २०८२
हेटौँडा-काठमाडौं सडक पूर्णरूपमा सञ्चालनमा
फाइल तस्बिर

सडकमा माथिबाट पहिरो खस्दा उक्त सडक शनिबारदेखि अवरुद्ध भएको थियो।

बागमती- हेटौँडा-काठमाडौं जोड्ने हेटौँडा-भिमफेदी-सिस्नेरी-काठमाडौं सडक सञ्चालनमा आएको छ। 

उक्त सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेमा खसेको सुक्खा पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्णरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

सडकमा माथिबाट पहिरो खस्दा उक्त सडक शनिबारदेखि अवरुद्ध भएको थियो। 

अवरुद्ध सडकबाट पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। रासस


प्रकाशित : मंगलबार, भदौ ३ २०८२१२:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend