शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

हुन्डाई आयोनीक-५ को बिक्री सुरु

बिहीबार , फागुन १२ २०७८
हुन्डाई आयोनीक-५ को बिक्री सुरु

हुन्डाई आयोनीक-५ ले ‘टप गियर इलेक्ट्रीक बेस्ट डिजाइन अवार्ड-२०२१’ पाउन सफल भएको छ।

काठमाडौं- नेपालको लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ विद्युतीय कार आयोनीक-५ बिक्री सुरु भएको छ। नयाँ आयोनीक–५ भविष्य उन्मुख डिजाइनको कारण विश्वभर चर्चामा रहेको मोडल हो। निकै बोल्ड, युनिक र डाइनामिक डिजाइनमा यसलाई तयार गरिएको छ। 

हुन्डाई आयोनीक-५ ले ‘टप गियर इलेक्ट्रीक बेस्ट डिजाइन अवार्ड-२०२१’ पाउन सफल भएको छ। आयोनीक-५ हुन्डाईको नयाँ आयोनीक लाइनअप अन्तर्गत ‘स्पेशलाइज्ड इजीएमपी व्याट्री विद्युतीय सवारी प्लेटफर्म’मा बनेको हो। 

आयोनीक-५ को डिजाइन अत्याधुनिक र आकर्षक रहेको छ। यो गाडी अत्याधिक इनर्जी इफिसीयन्सी, उत्कृष्ट प्रफर्मेन्स र चालक तथा यात्रुलाई आरामदायी यात्रा गराउन सफल हुने कम्पनीले विश्वास लिएको छ।

हुन्डाईको ‘रेभुलुसनरी इलेक्ट्रीक ड्राइभ आर्किटेक्चर’मा निर्माण भएको आयोनीक-५ मा रियर ह्वील ड्राइभ सिस्टम रहेको छ। साथै, यो कारमा शोलार वा भिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सिङ वाइपर, व्लाइन्ड स्पट भ्यू मोनिटर तथा भोइस रिकग्नीसन भेहिकल कन्ट्रोल जस्ता अत्याधुनिक विशेषता छन्। 

लक्ष्मी इन्टरकन्टीनेन्टलले आयोनीक-५ को लन्चीङसँगै ‘स्टेट अफ दि आर्ट’ नयाँ विद्युतीय कारको लागि मात्रै सोरुम सञ्चालनमा ल्याएको छ। इभीको लागि मात्रै बन्ने सोरुममा अहिले बिक्री भइरहेको कोना, आयोनीक र आयोनीक ५ राखिने छ। 

विद्युतीय कार किन्ने ग्राहकलाई यो सोरुमले प्रिमियम एक्सपिरीयन्स प्रदान गर्न सफल हुने विश्वास कम्पनीले लिएको छ। कम्पनीले इभी बिक्री मात्र गर्ने नभई नेपालमा इभी कल्चरको विकास गर्न देशैभर चार्जिङ स्टेशनको विस्तार गर्ने तैयारी गरिरहेको छ। कम्पनीले इभीको बढ्दो संख्यासँगै देशको विभिन्न स्थानमा ४० वटा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ।     

लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका प्रमुख सहरहरुमा १३ वटा डिलर र १९ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ। हुन्डाई मोटर्स विश्वको टप ५ अटोमोवाइल उत्पादक मध्य हो। कम्पनीले उत्कृष्ट क्वालीटीको भेहिकल बनाउदै विश्वका करौडौ ग्राहकहरुको मन जित्न सफल भएको छ। 


प्रकाशित : बिहीबार , फागुन १२ २०७८०७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend