आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

आजको मौसम पूर्वानुमान : मनसुन केही कमजोर, तर मध्यमदेखि भारी वर्षाको सम्भावना

मंगलबार, भदौ ३ २०८२
आजको मौसम पूर्वानुमान : मनसुन केही कमजोर, तर मध्यमदेखि भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर भएको छ।

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर भएको छ।

तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिनेसिलसिला जारी भएकाले देशभर साधारणतया बदली रहनेछ। अहिले बिहान बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा उल्लेख्य वर्षा भएको छ। गोरखाको बारपाकमा ७७ मिलिमिटर, सिन्धुपाल्चोकको गोब्रेमा ७५.४ मिलिमिटर, काठमाडौंको धापमा ६६.२ मिलिमिटर र अछामको सुगालीमा ५५.४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।

मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका केही स्थानमा, साथै मधेस प्रदेशको तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ।

आज राति कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको पहाडी र तराई भू–भागका साथै अन्य प्रदेशका पहाडी क्षेत्रका केही स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ ३ २०८२०६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend