शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य सात वर्षकै उच्च

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन १२ २०७८
images
अन्तर्राष्ट्रिय बजारमा  पेट्रोलियमको मूल्य सात वर्षकै उच्च

रसियन हमलाको जवाफ युक्रेन वा पश्चिमा देशहरुले कसरी दिन्छन् त्यो हेर्न बाँकी छ। तर रसियाले युक्रेनविरुद्ध छेडेको युद्धको पहिलो प्रभाव संसारभरको अर्थतन्त्रमा देखिने भएको छ। 

images
images

काठमाडौं- रसियाले युक्रेनमा सैन्य आक्रमण सुरू गरिसकेको छ। पछिल्लो एक महिनादेखि युक्रेनको सीमा सैन्य उपस्थिति बलियो बनाउँदै आएको रसियाले आजदेखि युक्रेनमा आक्रणम सुरू गरेको छ। 

images
images
images

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अहिले रसियान सेनाले युक्रेनका विभिन्न सहरमा सैन्य हमला गरिरहेको छ। 

images
images

रसियन हमलापछि युक्रेनमा सैन्य कानून लागू भएको छ। हवाइ उडान बन्द गरिएको छ भने अवस्था आपतकालीन छ। 

images
images

रसियन हमलाको जवाफ युक्रेन वा पश्चिमा देशहरुले कसरी दिन्छन् त्यो हेर्न बाँकी छ। तर रसियाले युक्रेनविरुद्ध छेडेको युद्धको पहिलो प्रभाव संसारभरको अर्थतन्त्रमा देखिने भएको छ। 

संसारकै अर्थतन्त्रलाई एकैपटक प्रभावित पार्ने पेट्रोलियमको मूल्य अन्तर्राष्ट्रिय बजारमा उच्च वृद्धि भएको छ। 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सैनिकलाई युक्रेनमा आक्रमणको अनुमति दिनेवित्तिकै अप्रसोधित पेट्रोलियमको मूल्य एक सय डलर प्रति ब्यारेल पुगेको थियो। यो मूल्य सात वर्षकै महंगो हो। 

एक सय डलर पुगेको एक घण्टामै अन्तर्राष्ट्रिय बजारमा अप्रोसोधित पेट्रोलियमको मूल्य प्रति ब्यारेल १०२ डलर पुगेको छ।


प्रकाशित : बिहीबार , फागुन १२ २०७८०६:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend