आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

मधेस प्रदेशमा 'छोरी शिक्षा बीमा' कार्यक्रम स्थगित

सोमबार, भदौ २ २०८२
मधेस प्रदेशमा 'छोरी शिक्षा बीमा' कार्यक्रम स्थगित

मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा छोरी शिक्षा बीमाको लागि बजेट विनियोजन नगरेको शिक्षा विकास निर्देशनालयले जनाएको छ।

धनुषा- मधेस प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको मुख्यमन्त्रीले ‘बेटी पढाउ बेटी बचाउ’ योजनाअन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम स्थगित भएको छ।

मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा छोरी शिक्षा बीमाको लागि बजेट विनियोजन नगरेको शिक्षा विकास निर्देशनालयले जनाएको छ।

निर्देशनालयका छोरी शिक्षा बीमा कार्यक्रमका संयोजक प्रियंका यादवले बजेट अभावमा सो कार्यक्रम हाल स्थगित भएको बताइन्। निर्देशनालयबाट प्राप्त विवरणअनुसार छोरी शिक्षा बीमा कार्यक्रमअन्तर्गत हालसम्म १४ हजार ४५३ जना छोरीको बीमा गरिएको जानकारी दिइएको छ।

कार्यक्रम संयोजक यादवका अनुसार आव २०७५/७६ मा पाँच हजार ६६६ जना, आव २०७८/७९ मा एक हजार ७०२, आव २०७९/८० मा तीन हजार ३०२ जना, आव २०८०/८१ मा तीन हजार ७८३ जना छोरीको बीमा गरिएको थियो।

हाल १० हजार छोरीको बीमाको प्रिमियम तिर्न बाँकी छ। कार्यक्रमअन्तर्गत एक जनाको बीमा गर्दा ३७ हजार चारसय ५७ रूपैयाँ ३७ पैसा प्रिमियम तिर्नुपर्छ। रासस


प्रकाशित : सोमबार, भदौ २ २०८२१५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend