काठमाडौं- भारतले नेपाली सेनालाई सहयोगस्वरुप विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको छ।
६ वटा लाइट भेहिकल, ८ किसिमका अतिआवश्यक मेडिकल सामग्री, ५ व्रिडिङ घोडा र २ वटा सैनिक डग सहयोग गरेको हो।
जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच भारतीय विदेश सचिव विक्रम मीश्रीले उक्त सहयोग प्रधान सेनापति महारथी अशोकराज सिग्देललाई हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ।
यस किसिमको सहयोगले दुई देशबिचको सैनिक सम्बन्ध थप मजबुत एवं प्रगाढ हुनुका साथै नेपाली सेनाको व्यावसायिक क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास नेपाली सेनाको छ।