आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

दोधारा चाँदनी सुक्खा बन्दरगाहको शिलान्यास प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हुन्छ : मन्त्री भण्डारी

सोमबार, भदौ २ २०८२
दोधारा चाँदनी सुक्खा बन्दरगाहको शिलान्यास प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हुन्छ : मन्त्री भण्डारी

'दोधारा चाँदनी सुक्खा बन्दरगाह लामो प्रतीक्षापछि सुरु गर्ने पक्रियामा हामी अगाडि बढेका छौँ, तीन अर्ब ८० करोड रूपैयाँको लागतमा बन्ने गरी ठेक्का सम्झौता भइसकेको छ', उनले भने।

भीमदत्तनगर- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधरा चाँदनी सुक्खा बन्दरगाहको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा गर्ने तयारी भइरहेको बताएका छन्।

सुक्खा बन्दरगाह निर्माणस्थलको निरीक्षण गर्दै मन्त्री भण्डारीले भने, 'दोधारा चाँदनी सुक्खा बन्दरगाह लामो प्रतीक्षापछि सुरु गर्ने पक्रियामा हामी अगाडि बढेका छौँ, तीन अर्ब ८० करोड रूपैयाँको लागतमा बन्ने गरी ठेक्का सम्झौता भइसकेको छ, प्रधानमन्त्रीको आउँदो भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीका तर्फबाट शिलान्यास गर्नेगरी कार्यक्रम तय भएको छ।'

नेपालले भारतका अन्य व्यापारिक बन्दरगाह प्रयोग गर्नका लागि पनि भारतीय पक्षसँग सकारात्मक रुपमा छलफल अगाडि बढेको मन्त्री भण्डारीले बताए। 'पश्चिम नेपालको सीमासँग नजिक रहेको भारतको मुन्द्रा बन्दरगाह हाम्रो प्राथमिकतामा छ। उनले भने, 'तेस्रो मुलुकसँग सबैभन्दा छोटो व्यापारिक निकटता हुनेछ, यसबाट अन्तरदेशीय व्यापारमा सहज हुनेछ।' 

दोधारा चाँदनीमा भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण काम अघि बढेको हो। यसले सुदूरपश्चिमकै आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : सोमबार, भदौ २ २०८२१४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend