आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

कालोपत्र नहुँदा बिहुँ-घोडाबाँधे सडकखण्डमा वर्षौँदेखि सास्ती

सोमबार, भदौ २ २०८२
कालोपत्र नहुँदा बिहुँ-घोडाबाँधे सडकखण्डमा वर्षौँदेखि सास्ती

आठ वर्षमा कालोपत्र नभएपछि ठेक्का तोडिएको थियो। ठेक्का तोडेर पुनः ठेक्का लगाएको काम एक वर्षमा जम्मा १० प्रतिशतमात्रै प्रगति भएको छ।

बागलुङ- नौ वर्षदेखि कालोपत्र नहुँदा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा सवारी साधनले सास्ती खेप्दै आएका छन्।

बिहुँ-घोडाबाँधे खण्डको १३ किलोमिटरमध्ये ६ किलोमिटर सडकको दुरावस्थाका कारण सवारी फसेर यात्रुहरुले सास्ती खेप्ने गरेका छन्। हिउँदमा धुलाम्मे र वर्खा लागेपछि हिलाम्मे सडकमा सवारीसाधन वारपार गर्नै समस्या हुने गरेको छ।

बागलङ बजारदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई खण्डमा विभाजन गरेर नौ वर्षअघि ठेक्का लगाइएको थियो। जसमध्ये बिहुँ-घोडाबाँधेको १३ किमिमध्ये ६ किलोमिटर सडक अझै कालोपत्र भएको छैन।

आठ वर्षमा कालोपत्र नभएपछि ठेक्का तोडिएको थियो। ठेक्का तोडेर पुनः ठेक्का लगाएको काम एक वर्षमा जम्मा १० प्रतिशतमात्रै प्रगति भएको छ।

चितवनबाट सामग्री ढुवानीका लागि गलकोटतर्फ आएको मिनि ट्रक बिहुँमा फसेर समस्या भएको चालक रमण शर्माले दुःखेसो गरे। ट्रकमात्रै हैन दर्जनौँ कार तथा जिप सडकमा फस्ने गरेका छन्। लोकमार्गको १४० किमिमध्ये अन्यत्र कालोपत्र भइसकेको छ। बिहुँ खण्डको समस्या समाधान नहुँदा पनि सरोकारवाला निकाय मौन रहेको गुनासो स्थानीयवासीको छ।

नयाँ ठेक्का लागेपछि सडक चौडा पारेकाले यसपटक सडक बढी हिलाम्मे भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका इन्जिनियर कल्पना मिश्रले बताइन्। 'पुन ठेक्का लगाएको एक वर्ष भयो, २१ करोड रूपैयाँको ठेक्कामा जम्मा १० प्रतिशत काम सम्पन्न भएको छ, अहिले पूर्वाधारको काम गरिरहेको र वर्खा लागेकाले सडक हिलाम्मे छ', मिश्रले भने, 'निर्माण व्यवसायीलाई वर्खामा सवारीसाधन फस्न सक्ने पहिरो पन्छाउन पर्ने भएकाले डोजरसहित तयारी अवस्थामा राखिएको छ।'

बिहुँ-घोडाबाँधे खण्डको अघिल्लो ठेक्का तोडेर २०८१ सालको असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सम्पन्न गर्ने गरी तामाङ/रिजाल भगवती जेभीसँग २१ करोड ४९ लाख रूपैयाँमा पुन: ठेक्का सम्झौता गरिएको थियो। रासस


प्रकाशित : सोमबार, भदौ २ २०८२११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend