आइतबार, असार २८ गते २०८३    
आइतबार, असार २८ २०८३

मनसुन कमजोर भए पनि केही स्थानमा भारी वर्षाको सम्भावना

सोमबार, भदौ २ २०८२
मनसुन कमजोर भए पनि केही स्थानमा भारी वर्षाको सम्भावना

यद्यपि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम भने जारी रहेकाले देशका केही भागमा भारी वर्षा हुने सम्भावना रहेको विभागले चेतावनी दिएको छ।

काठमाडौं- मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिण (भारत) तर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यद्यपि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम भने जारी रहेकाले देशका केही भागमा भारी वर्षा हुने सम्भावना रहेको विभागले चेतावनी दिएको छ।

विभागका अनुसार सोमबार दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, मधेस र लुम्बिनी प्रदेशको तराई तथा पहाडी भू–भागलगायत अन्य पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी प्रदेशको तराई र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुने अनुमान गरिएको छ।

आज राति कोशी र मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली हुने सम्भावना छ। मधेस, कोशीको पहाडी तथा तराई भू–भाग र अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी प्रदेशको तराई भू–भाग तथा बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

विभागले भारी वर्षा हुने स्थानमा पहिरो, बाढी र नदी–नाला बढ्ने जोखिम रहने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। रासस


प्रकाशित : सोमबार, भदौ २ २०८२०८:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend